´आत्तिनुपर्दैन स्वाइन फ्लुबाट´
सरकारले रोग नियन्त्रणका र फैलनबाट रोक्नका लागि रोगबारे प्रचारप्रसार अभियानलाई तीब्रता दिएको र देशका विभिन्न नाकामा स्वाथ्य जाँचको ब्यवस्था मिलाएको बताएको छ ।
रोग भित्रिन नदिन सर्तकता अपनाएको भन्दै गर्दा सोमबार अमेरिकाबाट फर्किएका एकै परिवारका तीन नेपालीलाई फ्लुको संक्रमण भेटिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.सेनेन्द्रराज उप्रेतिले रोग नियन्त्रणका लागि यथासम्भव प्रयत्न भईरहेको र आत्तिनुपर्ने गरी रोग नफैलिएको बताए । उनले रोग नियन्त्रणका लागि विमानस्थल लगायत अन्य नाकाहरुमा सुरक्षाको प्रबन्ध मिलाईएको र टेकु र शिक्षण अस्पताल महाराजगन्जमा उपचारको ब्यवस्था मिलाईएको बताए ।
'हावाबाट सर्ने रोग हुनाले रोक्न गाहृो छ', उनले भने-'तर, आत्तिईहाल्नुपर्ने गरी रोग फैलिएको छैन् ।' उनले संक्रमित भएका भनिएकाहरुको उपचार आईसुलेसनमा भईरहेको पनि बताए । महाशाखा प्रमुख उप्रेतिले फ्लु बारे ब्यापक सूचनाको प्रचार गर्नु जरुरी रहेको र जनता आफैं सचेत हुनुको विकल्प नरहेको पनि बताए ।
संक्रमित भेटिएपछि काठमाडौंमा रोगको सन्त्रास फैलिएको तर सचेतता अपनाए डराउनु नपर्ने उनले बताए । उनले फ्लु फैलन नदिन सचेतता अपनाउन पनि आग्रह गरेका छन् ।
विश्वब्यापी महामारीको रुप लिएको यो रोग हालसम्म विश्वका १६३ देशमा देखापरेको छ । यो रोगबाट ३११ ले ज्यान गुमाईसकेको र झन्डै ७० हजार ८९३ मा संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बिछोडमा कुदिएका केही कबीताहरु
********"किन यो मन रोइरहेको छ"******************
भुलेकै छु अतित लाई
किन याद अरहेछ
छुटेकै छ हाम्रो सम्बन्ध
किन माया लागिरहन्छ
रितिएकै छ आशु
किन छल्कि पोखिन खोजिरहेछ
रोकिएकै छ बर्षा किन
परेलि भिझिरहेछ
एक्लै छु एकान्तमा
किन कोहि अइ सताईरहेछ
हाँसेकै छन दुनियाँ
किन यो मन रोइरहेको छ !
- सुनी डिम्दुङ
****गल्ती थिएन मेरो********************
गल्ती थिएन मेरो दोष तिमीलाई लगाउनु
सोच्नु त यौटा आभाष थियो ।
मेरो सोचाईलाई दोषि ठान्नु
त्यो त तिम्रै सोचाईको दोष थियो ।।
कतै मन दुख्यो भने मेरो भनाईले
एउटा भूल सम्झी मलाई माफ दिनु
नबुझे त्यतीले तिम्रो चित्त भने
सयौं जूनीको मलाई श्राप दिनु ।
कोमल मन बुझाउंदै हरपल
आंशुको घुट्को म पिउंला
दुखेको यो मुटु रुवाउंदै हरक्षण
एक्लै एक्लै म जिउंला
साबु गदाल कार्की
साबुरवि
स्थान(हालको) :- डेन्भर , कोलोराडो
********************"झुठो आश्वासन" ******************
सपनाको भारी बोकाई
बिपनामा छाडी गयौ
आज म जिउँदो छदाछदैं
अर्काकै तिमी भयौ
नहुनुनै थियो भने
ब्यर्थै किन माया लायौ?
तिम्रो त्यो झुठो मायाले
आज मलाई जिउँदै मार्यौ
हजार कसम नखाँुउ भन्थे
खान मलाई वाध्य पार्यौ
आज यही बिष भयो
मलाई आज जिउँदै मार्यौ
सुख तिम्रो संसार थियो
यो दुखिलाई किन हेर्यौ?
आखिर तिम्रो जीत भयो
किन यात्राो नाटक खेलेउ??
'भोजपुरे' बीजे बान्तवा राइ
ठुलोदुम्मा-९ भोजपुर
************"माया"***********
तिमीले मेरो तस्बिरहरु नहेरे पनि
मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु
तिमीले मलाई एकपल साथ नदिये पनि
म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु
तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ
मैले त्यो माया तिमीलाई लाएकोछु .
ब्रिन्दा मोक्तान
बोखिम -१
भोजपुर
*************याहाका सबै कबिता साभार गरीएका हुन्, धन्यबाद*********************
मोटोपन घटाउन अपनाउनुपर्ने केही जरूरी कुराहरू
– भोकै बसेर चांडो तौल घटाउने प्रयास गर्नु हुंदैन। यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन्। हप्ताको १–२ देखि १ किलोभन्दा बढी तौल घटाउनु उपयुक्त हुंदैन।
–उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुंदैन। स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ। नूनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।
– खाद्य पदार्थलाई राम्रोसंग चपाएर झोल बनेपछि मात्र निल्नु पर्दछ।
– दैनिक ३–४ पटकभन्दा बढी खाना खानु हुंदैन। सधैं नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्छ। एकैपल्ट धेरै खाना खानु उचित हुंदैन।
–भोकको अनुभूति भइरहेमा अति कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तै गांजर, काक्रो, कागतीको सर्वत आदि प्रयोग गर्न सकिन्छ।
–बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ। खाना खाने वित्तिकै सुत्नु हानिकारक हुन्छ।
– तौल घटाउनका लागि उचित व्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ। त्यसकारण विहान सबेरै हिंड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नु पर्दछ। ब्यायाम सकेपछि नियमित स्नान गर्नु पर्दछ। यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउंदछ।
– डाइटिङ सुरू गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो अत्यधिक क्यालोरी दिने खाद्य पदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिल्चुकी आउने लक्षणहरू देखा पर्न सक्दछन्। यी लक्षणहरूलाई आत्मबलले दबाउनु पर्दछ। तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलै निराकरण गर्न सकिन्छ। पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ। आवश्यक परे डाइजिनको झोल वा चक्की सेवन गरे हुन्छ।
मानिसको मुटुको
मानव भ्रुणको बिकासको २३ वा दिनबाट मुटु धड्कन शुरु भै जिन्दगि रहेसम्म धड्किरहन्छ।
मानिसको मुटुको औसत तौल ३४० ग्राम तथा यो ६ इन्च लामो तथा ४ इन्च चौडा हुन्छ।मानव भ्रुणको बिकासको २३ वा दिनबाट मुटु धड्कन शुरु भै जिन्दगि रहेसम्म धड्किरहन्छ।
मानिस ६० बर्षको आयुसम्म बाँचेमा हाम्रो मुटु ३ अरबचोटि धडकन्छ ।
हाम्रो मुटु जन्मको बेला मिनेटमा १४० चोटि धड्कन्छ भने उमेर हुदै गयेपछि यसको गति कम हुदै जान्छ। गार्हो काम गर्दा मुटु साधारणतया २.५ गुणा जोडले धड्किन्छ।
१५० टनको व्हेल माछाको मुटु एक मिनेटमा ७ चोति धड्कन्छ भने ३ टनको हाथीको ४६ चोटि र १.३ केजीको बिरालोको २४० चोटि धड्कन्छ।
हाम्रो मुटुले आराम गरेको अवस्थामा ६ लिटर रगत पम्प गर्छ अर्थात ६ देखि १० टन प्रति दिन तथा जिवनभरमा दुई देखी साढे दुई लाख पटक धड्कन्छ।
मानिसको शरिरमा रगतले एक फन्को लगाँउन २३ सेकेण्ड लगाँउछ भने कुकुरको १६ सेकेण्ड मात्र लाग्छ
जिल्लाका सयौं दुक्ख
यात्राका क्रममा लार्के भञ्ज्याङमा मृत्युलाई सारै नजिकबाट देखेका छन् पत्रकार मोहन
मैनालीले । मोहन मैनाली अहिले पनि सम्झिन्छन्, चौध वर्षअघिको एउटा हिमाली यात्रा ।
यात्रा पत्रकार मोहनलाई हिमाल-कन्दराको दुर्गम यात्रा गर्न चौपट्टै मन पर्छ ।
त्यतिवेला मोहन र उनका मित्र ध्रुव बस्नेत गोरखा जिल्लाको उत्तरी सीमाको अन्तिम गाउँ
साम्दोबाट पाँच हजार सय मिटर अग्लो लार्के भञ्ज्याङ काट्दै थिए । उनीहरूको लक्ष्य
मनास्लुभन्दा तीन हजार मिटर होचो लार्के भञ्ज्याङ पार गर्नु थियो । 'हामी पुगेको ठाउँ
साँच्चै अनौठो थियो । हाम्रा दुवैपट्टि हिउँ जमेका टाकुरा थिए । पछाडि फर्केर हेर्दा हामी
हिमालभन्दा माथि, बादलभन्दा माथि छौँ भन्ने भान पथ्र्यो,' मोहन रोमाञ्चित हुँदै भन्छन् ।
वातावरण पत्रकार समूह आँखीझ्याल युनिटमा उनीसँगै गएका पत्रकार धु्रव बस्नेत लार्के भञ्ज्याङ
पुग्दा निकै बिरामी भइसकेका थिए । उनी एक पाइला पनि हिँड्न नसक्ने भएका थिए । मोहन
मैनाली धु्रवलाई लार्के भञ्ज्याङमै कुर्न बसे । र, सँगै गएका पत्रकार भैरव रिसाल उनीहरूको
उद्धारका लागि मान्छे खोज्न तलतिर लागे । 'रात पर्दै थियो र हिमाली चिसो पनि बढ्दै
थियो,' मोहनले अतीत उधिने, 'बास्तवमा हामीलाई उद्धार गर्न चाहेर पनि कोही मान्छे
रातिको ११ बजेभन्दा पहिला आइपुग्ने सम्भावना थिएन । ज्वरोले लखतरान भएका धु्रव र तीन
साताको हिँडाइले गलेको म जीवित रहन सक्ने
कुरै थिएन ।'
'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । उनका दुःखका केही
अंश सुन्दा हामी पनि दुःखी हुँदारहेछौं।'
लार्के भञ्ज्याङमा काल कुरिरहेका मोहनले अब मरिने नै भइयो भन्ने भएपछि धु्रवको मृत्युलाई
सहज बनाउन एकचक्की 'एभोमिन' खुवाइदिए । 'धु्रव एभोमिनको प्रभावमा एउटा ठूलो
ढुंगोलाई सिरानी लगाएर सुतिरहेका थिए । म पनि अरू केहीछिनमै एभोमिन खानेवाला थिएँ,'
मोहन सम्झिन्छन्, 'त्यत्तिकैमा तलबाट एकजना मान्छे नागबेली बाटो हिँड्दै माथि आएजस्तो
लाग्यो । मलाई सपना देखेजस्तो लाग्यो र आफूलाई धेरैपटक चिमोटेँ । उसले हामीनेर आएर
बोलायो र बल्ल बाँचिने भइयो भन्ने भयो । ती देउतै भएर आएका मान्छे भैरव दाइले उद्धार
गर्न पठाएका ग्याल्जन रहेछन् ।'
**
अनेक खोंच, गोरेटा र ढुंग्यान पहिरोका तीरैतीर धेरै हिँडेका छन् मैनाली । कति जिल्ला घुमे
होलान् त यी यात्रा पत्रकारले ? 'मैले नेपालका लगभग ७० जिल्ला घुमेको छु ।' लगभग पूरै
नेपाल घुमेका मैनाली भन्छन्, 'यो नेपालमा जता पुगे पनि मान्छेका दुःखका कथा एउटै भेट्टाएँ ।'
०२१ सालमा जन्मेका हुन्, मोहन । पढ्न भनेर काठमाडौँ आए । अनेक हन्डर र दुःख भोगेर
पत्रकार भए । ०४६ देखि उनी पत्रकारितालाई गरिखाने बाटो बनाइरहेका छन् । यात्रा
पत्रकारितामा उनले राम्रो योगदान पुर्याएका छन् ।
उनका मनमा यात्राका अनेक ठेली सुरक्षित छन् । यिनले सबैभन्दा लामो यात्रा २२ दिनसम्म
गरेका रहेछन् । 'बूढीगण्डकीको तीरैतीर गरेको यात्रा सबैभन्दा लामो हो,' मोहनले सुनाए,
'त्यसवेला सरकारी सुविधाको दुरुपयोग पनि देखियो, जनताका दुःखका अग्ला पहाड पनि देखियो ।'
**
गोरखाको साह्रै दुर्गम चुनचेत गाउँको यात्रा सम्झिन्छन्, उनी । त्यो अँध्यारोमा बाँचेको
एउटा गाउँले पहिलोपटक जेनेरेटर र बिजुलीबत्तीको उज्यालो देखेको थियो । यो ०५०
सालतिरको कुरा हो । 'सुरुमा खासै सहयोग गर्लान्जस्ता नदेखिएका गाउँलेले जिन्दगीमा
पहिलोपटक राति बिजुलीको उज्यालो देख्न पाएपछि हामीलाई बस्न गलैंचा दिए । खान मकै
दिए । कति मायालु गाउँले !' मोहन उनीहरूको त्यो हार्दिकता कहिल्यै बिर्सन सक्दिनँ भन्छन् ।
यात्रामा के देखियो ? 'मान्छेका फरक-फरक बाँच्ने शैली र बोल्ने शैली प्रस्टै देखियो ।'
उनी गुफा-पोखरीको यौटा घटना सम्झिन्छन् । मोहनहरूको टोलीलाई एउटी होटल साहुनीले
'कहाँ बस्ने' भनी सोधिछन् । मोहनका साथीहरूले 'यहीँ पिँढीमा बस्ने' भनेछन् । साहुनीले
पटक-पटक त्यही प्रश्न दोहोर्याइछन् । र, उनीहरूले पनि त्यही उत्तर पटक-पटक
दोहोर्याएछन् । पछि त साहुनी असाध्यै रिसाइछन् । रिसाउनुको कारण के रहेछ भने उनले
'कहाँ बस्ने' भनी सोधेको अर्थ त 'घर कहाँ हो' पो रहेछ । मोहन भन्छन्, 'यस्तो प्राविधिक
अप्ठ्यारो भाषाको कारण परेको हो । यस्ता कुरा यात्रामा पटक-पटक दोहोरिन्छन् ।'
**
यात्रामा नयाँ ठाउँमा पुग्दा उनलाई कस्तो लाग्दोरहेछ त ? 'नयाँ ठाउँमा पुग्दा जिन्दगी नै
त्यसैका लागि बनेको हो जस्तो लाग्नेरहेछ । इतिहासका पुराना पाना हामीसँगै समाहित हुन
आएजस्तो पनि लाग्थ्यो,' मोहनले सुनाए, 'त्यो मिठास फेरि अनुभव गर्न कहाँ सकिन्छ र ?
स्मृतिमा हराउन निकै रमाइलो हुन्छ । तर, सबै स्मृति रमाइला हुन्छन् भन्ने होइन । उनी
पुगेका हरेक ठाउँमा बग्रेल्ती थिए, दुःखका कथा । 'प्रत्येक ठाउँमा दुःख सुनाउने मान्छे
हामीलाई पर्खेर बसेजस्ता लाग्छन् । दुःख पाएका मान्छेले आफ्ना दुःखका केही अंश हामीलाई
पनि सुनाउँदा हामी पनि दुःखी हुँदारहेछौँ,' मोहन भन्छन्, 'आफ्ना दुःख र सुख बाँड्ने ती
गाउँलेलाई अहिले पनि सम्झिरहन्छु ।'
यात्राका के कुराले बढी पछ्याउँछन् होला मोहनलाई ? 'विषयको गाम्भीर्यले,' मोहनले झट्ट
एउटा घटना सम्झिहाले, 'बिराटनगरमा निकै लामो समयपछि पानी पर्यो । होटलमा बसेका
हामीलाई खुब सताएको थियो गर्मीले । त्यो लामो समयपछिको पानीले मान्छेसँगै भ्यागुता पनि
खुसी भएछन् र खेतै हरियै हुनेगरी भ्यागुताहरू आए ।
त्यो दृश्य खिच्नु थियो, तर सारा पूर्वाञ्चलका घर-घरबाट आएको दिसा-पिसाब बगाएर त्यहीँ
थुप्रिएको थियो । त्यो दृश्य फेरि कहिल्यै खिच्न सकिने पनि थिएन । त्यसैले त्यो
दिसा-पिसाबको मतलब नगरी हामी भ्यागुता खिच्न तल ओर्लियौँ । भ्यागुताहरू खिचिसकेपछि
फोहोरका कारण हाम्रा गोडाभरि ठुल्ठूला फोका निस्किए । र, पछि मात्र निको भयो,'
विषयको गम्भीरता यसरी प्रस्ट पारे मोहनले ।
यात्रामा भेटिएका ढिस्का, जंगल र नीलो आकाशले मोहनलाई के शिक्षा दिए होलान् ? 'एउटा
चेतना सिकायो, आफ्नो देशको सौन्दर्य आफ्नै आँखाले पटक-पटक देखायो र आफ्नै देशप्रति गौरव
गर्न सिकायो,' मोहनले सुनाए, 'कामकै वेला बडो चरम आनन्द दिए यात्रामा भेटिएका
सौन्दर्यहरूले ।'
यात्रामा उनले अनेक दुःख भोगेका छन् । पहाडी धुले बाटामा निकै धुस्रे-फुस्रे भएर दौडेका छन्,
उनी । 'जोगिमारामा दिनभरि धुलोबाटोमा हिँडेको सम्झन्छु, त्यो धुलो जिउभरि टाँसिएर,
बेलुका पानी पर्दा, बेस्सरी जिउ नै गन्हाएको पनि सम्झना छ,' मोहनले सुनाए ।
**
कर्णालीतिरको यात्रामा जाँदा त्यहाँका 'मान्ठा(मान्छे)' ले गरेका केही विकासदेखि
प्रभावित भएका रहेछन्, उनी । गरे त विकास चाँडै हुनेरहेछ । केही वर्षअघि पुग्दा बाजुराको
पाण्डुसेनमा विकास केही पनि थिएन । तर, त्यहाँ २/३ वर्षमै मोटरबाटो पुगेछ । हेल्थपोस्ट
बनेछ । ती विकासका खुडि्कला हुन् । मोहनले सुनाए-'विकास विस्तारै हुँदै जाने कुरा हो ।
तर, विकासको बाधक मान्छे नै हो । लोकल एलिट (स्थानीय ठूलाठालू) वर्गले समाजमा विकास
देख्न चाहँदारहेनछन् ।
मोहनसँग युद्धका घाउ पनि छन् । बाजुराको पाण्डुसेनमा युद्धका वेला एउटै गाउँका आठजना
मान्छे मरेका थिए । मोहनहरूको समूह पुगेको थियो गाउँमा । त्यो शोकको घडीमा अरू
रोइरहँदा एउटी आमैले भनिन् रे !, 'ए नरोऊ, पत्रकार आइपुगेका छन् । अब हाम्रा कुरा
हाम्रा मात्र रहेनन्, पत्रिकामा उहाँहरूले लेखेपछि सबैले थाहा पाउँछन् ।' एउटी बूढीआमैले
आफूहरूप्रति गरेको विश्वासले मोहन खुबै भावुक बनेछन् ।
दीपक सापकोटा / नयाँपत्रिका
काठमाडौं जुन, १४
आनन्दमयी यौन जीवनकालागि केहि सुत्रहरु
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ।
हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
सदाबहार सौदर्य रहने उपायहरु
हरेक बिहान वा बेलुकी नुहाए पछि शरिरमा क्रिम वा तेल लगाएर आफ्नो छालाको नरमपना कायम राख्नुहोस।
एउटा पाकेको केरालाई म्यास गरेर अनुहारमा दश मिनेटकोलाई राख्नुहोस, अनि चिसो पानीले धुनुहोस। केरामा रहेका अमिनो एसिड, विटामिन, आयरन र मैग्नीशियम तत्व हुन्छ जस्ले अनुहारलाई पोषण दिन्छ।
१ टि स्पून दही, १/४ सुन्तलाको जूसलाई मिलाएर अनुहरमा लगाउनुहोस्, अनि ५ मिनेट पछि मन तातो पानीले धुनुहोस्। यसमा दहीले हाम्रो अनुहार सफा गर्छ भने सुन्तलाले विटामिन दिन्छ।
अनुहारलाई नरम बनाउन हप्ताको २-३ चोटि एक्स्फोलिएट गर्नुपर्छ।
क्रिम वा सन स्क्रीन लोशनको दैनिक रुपमा प्रयोग गर्नुपर्छ।
महिनाको १-२ चोटि फेसिएल गराए, अनुहारको रक्तसन्चार ठिक हुन्छ र अनुहारको छाला पनि कसिन्छ।
सुत्नुअघि अनुहारको मेक अप हटाएर मात्र सुत्नुपर्छ नत्र चाडैँ चाउरी पर्ने सम्भावना हुन्छ।
कपालमा हरेक हप्ता अलिव आँयलले मसाज गर्नुपर्छ यसले राम्रोसित रक्तसन्चार हुन्छ , जसले हाम्रो कपाललाई बाक्लो तथा मुलाएम बनाउन्छ।
ओठको रक्तसन्चार बढाउन नरम ब्रसले केहि समय रगड्नुस ।
कुहिनामा रहेको कालो दाग हटाउन कागतीले दलेर केहि समय पछि पानीले धुनुपर्छ। सफा कपडाले पुछेर त्यसमा क्रिम लगाउनुहोस।
प्राकृतिक नरमपना बनाइराख्न पानी धेरै पिउनुपर्छ।
अष्ट्रेलियन धनी मानिसमा नेपाली पनि
उनलाई अमेरिका यूके भन्दा पनि अष्ट्रेलियाको पोष्टरले मेलवर्न आउन उक्साएको थियो । मेलवर्न यात्राका क्रममा उनले निकैं समस्या झेल्नुपरता पनि साहसी घलेले आप्नो उद्धेश्यका लागि निरन्तर परिश्रम गरिरहे । फलस्वरुप उनले सन् १९९६ मा मेलवर्न इन्स्टीच्यूट अफ टेक्नोलोजी एमआइटी स्थापना गरेका थिए । आज उनको यो उद्योग मेलवर्न हुदै सिड्नी सम्म आइपुगेको छ । उनको लगानी यस बाहेक शेयर बजारमा पनि रहेको बताइन्छ ।
अब उनको योजना अर्को वर्ष बि्रसवेन र पर्थमा पनि कजेज संचालन गर्ने रहेको छ । उनले खोलेको एमआइटीमा अहिले मेलवर्नमा २००० जना र सिड्नीमा १००० गरी ३००० जना विदेशी विद्यार्थी अध्ययनरत छन् । उनले इन्स्टीच्यूट संचालनका लागि आप्नैं भवन पनि खरिद गरिसकेका छन् । उनले आप्नो गाउँमा अस्पताल विद्यालय लगायत अन्य सामाजिक विकासका लागि लाखौं चन्दा दिए पनि मिडियामा आउन नचाहेकाले कुनै पनि सहयोगमा उनको नाम आउने गरेको थिएन । परिश्रमी घलेले एउटा सानो देश नेपाल त्यसमा पनि दुर्गम गाउ लमजुङ्गबाट विदेशमा आइ गरेको प्रगतिको खुसी देश भित्र र वाहिर रहेका सबै नेपालीहरु बीच छाएको छ ।
शोक पुस्तिकामा, शैलजा
रमेश न्यौपाने/काठमाडौ
'क्रुर र अपराधी शैलीको राजनीतिले बिर्सिएकी एक महान् नेपाली महिला योद्धा, जसको इतिहास र योगदानबाट आजकाले केही पाठ नसिकेपनि भविष्यले उच्च सम्मान गर्नेछ'– शुक्रबार बिहान धर्तिबाट बिदा भएकी कांग्रेस नेतृ शैलजा आचार्यलाई झापाका कुमार रेग्मीले श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा यसरी सम्झिकएका छन्।
जब यी नेतृ दुनियाबाट बिदा भइन्–नेता, कार्यकर्ता र उनका सर्मथकहरुको ठूलो पङ्ति अन्तिम श्रद्धान्जली दिन कांग्रेस कार्यालय मुख्यालयमा एकत्रित भएका थिए र भावविह्वल भएर श्रद्धान्जली दिएका थिए।
काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि एमाले, माओवादीका नेताहरुले समेत नेतृ आचार्यलाई श्रद्धाञ्जलिका शब्दहरु व्यक्त गरे।
अर्का शुभेच्छुक कैलालीका विमलप्रसाद जोशीले उनलाई जीवित छँदा कसैले पनि सम्मान व्यक्त नगरेको जनाउँदै भावविह्ल भएर लेखेका छन्– 'जीवित छँदा कसैले सम्मान गर्न र संझन उपयुक्त नठाने पनि तिमी सधै अमर रहनेछ्यौ। पार्टीमा सुकिला लुगा लगाउने र चिल्ला गाडी चढ्ने अवसरवादी, कुटिल, लोभिपापी नेतृत्वको बोलवाला भएकोमा तिम्रो कदर नहुनु स्वभाविक नै हो। इतिहास र नेपाली जनताले तिम्रो उच्च मूल्याकन गर्नेछन्। दिदीको निष्ठा र सत्यवादिता अनन्त अटल रहोस्।'
शैलजा आचार्यलाई धेरैले निष्ठा र सिद्धान्तको राजनीति गर्ने साहसिक महिला नेतृका रुपमा चिन्ने गरेका छन्। पछिल्ला दिनहरुमा उनको राजनीतिक सक्रियता शून्य थियो, यद्यपि उनको लोकप्रियतामा कमी थिएन्। उनको जीवन जति राजनीतिक उतारचढावमा बित्यो, अन्तिम क्षण त्यत्तिकै संर्घषमय बन्यो। जीवनभरि लोकतन्त्रका लागि संर्घष गरेकी आचार्यले आफ्नो जीवनको उत्तरार्धतिर चाँहि मृत्युसँग ठूलै संर्घष गर्न पर्यो। सधै विचार र आस्थामा अडिग आचार्यलाई श्रद्धान्जली दिन पुगेका कार्यकर्ता र शुभेच्छुकहरुले पनि आचार्यलाई यसैगरी सम्झिए।
शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनीप्रति श्रद्धान्जली दिने सयौं कार्यकर्ता र शुभेच्छुकले उनको अनवरत लोकतन्त्रप्रतिको आस्था र उनको निष्ठाको राजनीतिक कारण सम्झिए।
उनको अवसानस“गै नेपाली राजनीतिको निष्ठा र नैतिकताको एउटा पाटोको अनि अवसान भएको भन्दै शोक पुस्तिकामा हुम्लाका दीपक भण्डारीले लेखेका छन्–शैलजा दिदीसँगै निष्ठा, नैतिकता, मूल्य र मान्यताको राजनीतिको पनि अवसान भएको छ।'
अर्का शुभेच्छुकले आचार्यलाई सम्झदै शोक पुस्तिकामा लेखेका छन्–जबसम्म राजनीतिमा निष्ठा र नैतिकता सिद्धिदैन, तबसम्म उनी जीवित रहनेछिन्।'
आचार्यलाई अन्तिम श्रद्धान्जली दिन पुगेका सैयौले शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गरेका छन् र उनको योगदानलाई अविस्मरणीय भनेर लेखेका छन्।
उनीप्रति श्रद्धान्जली व्यक्त गर्न शुभेच्छुकदेखि फरक पार्टीका विभिन्न नेतासम्म सानेपा पुगेका थिए। कांग्रेसका सन्त नेता कृण्णप्रसाद भट्टराईले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै लेखेका छन्–मैले उहाँको निधनलाई अपूरणीय क्षतिको संज्ञा दिएको छु।'
शोक पुस्तिकामा एमाले नेता भरतमोहन अधिकारीले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै लेखेका छन्– शैलजा आचार्यलाई साहसिक महिला नेतृत्वको रुपमा इतिहासले सधै सम्झिकइरहने छ। उनले सधैं प्रजातन्त्रप्रति आस्था राख्नेका लागि प्रेरणा दिइरहने छिन्।'
एमालेकै नेता शकंर पोखरेलले पनि उनलाई क्रान्तिकारी योद्धा भएको शोक पुस्तिकामा उल्लेख गरेका छन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यले उनको मृत्युबाट इमान्दार र साहसी महिलाको अभाव भएको लेखेकी छिन्। एमालेकै नेता केशव बडालले शोक पुस्तिकामा लेखेका छन्–नेपालको लोकतान्त्रिक आन्दोलनको अनन्त यात्री।'
शोक पुस्तिकामा उपस्थित विभिन्न दलका शीर्ष नेतादेखि शुभेच्छुक सम्मले शोक व्यक्त गर्दै हस्ताक्षर गरेका छन्। शुभेच्छुकहरुले भने उनको योगदानलाई पार्टी र देशले चिन्न नसकेकोमा शोक पुस्तिकामा गुनासो गरेका छन्। सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले लेखेका छन्–नेपाली कांग्रेसले उहा“को राजनीतिक योगदानको सम्मान गरोस्।'
शोक पुस्तिकामा नेमकिपाका नेता प्रेम सुवालले पनि उनीप्रति संम्झदै लेखेका छन्–देश र जनताको सेवामा नेतृको योगदान सदा स्मरणीय रहनेछ।'
कतिपय शुभेच्छुकले उनको अवसानले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको चुरो कमजोर भएको उल्लेख गरेका छन्। महान् नेता बीपी पथकी अविचलित यात्री'–धनुषाका शिवकुमार यादवले लेखेका छन्– उनको सर्मपण सदा स्मरणीय छ।'
आचार्यको अनवरत संघर्ष, राजनीतिक तपस्या, निष्ठा र इमान्दारितालाई धेरैले शोक पुस्तिकामा संझेका छन्। तर, पार्टी र देशप्रति उनको योगदानको उचित कदर नभएकोमा भने धेरै शुभेच्छुकले शोक पुस्तिकामा असन्तुष्टि व्यक्त गरेका छन्। शोक सभामा उपस्थित राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि भने–उहाँको योगदानको उचित कदर भएको छैन्
सफल बिवाहित जीवनका लागि केहि सुत्रहरु:
यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस,
एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
एक अर्का संग खुलेर कुरा गर्नुहोस, कुरा लुकाउने बानिले एक अर्कामा अविश्वास पैदा गर्छ।
सानो सानो खुशिको अवसरलाई एक अर्का संग बाड्नुस ।
आफ्नो गल्ति स्विकार गर्न कहिले पनि पछाडि नहत्नुस ।
कुनै पनि कुरा बोल्नु अगाडि सोचेर मात्र बोल्नुहोस, बोलिसके पछि पछुताउनु नपरोस ।
कहिले काहि एक् अर्कालाई सानोतिनो उपहार दिने गर्नुहोस ।
एक अर्कालाई साथी सम्झनुहोस, यस बाट एक अर्काको दु:ख सु:ख सजिलै संग बुझ्न सकिन्छ।
आफ्नो झगडा आफैले मिलाउनुहोस, अरुलाई यसमा नपार्नुस ।
यौन सम्बन्धलाई सुमधुर बनाउनुहोस, एक अर्काको इच्छा खुलेर भन्नुहोस ।
कुनैपनि ठुलो निर्णय गर्दा एक अर्काको सल्लाह लिने गर्नुहोस ।
एक अर्काको अन्य मानिसहरु संग तुलना नगर्नुहोस ।
एक अर्काको रुचिलाई समर्थन गर्नुहोस, सहयोग गर्नुहोस ।
समय समयमा घुम्ने गर्नुहोस ।
एक अर्काको साथिहरुलाई राम्रो व्यवहार गर्नुहोस ।
एक अर्काको आलोचना गर्नुपरे एकान्तमा बसेर गर्नुहोस ।
यसरी फेला पर्यो प्रचण्डको जङ्गी टेप
राजनीतिक र फौजी योजनासहित जनसेनाको तेस्रो डिभिजनमा उत्साहित हुँदै गरेको भाषणको गोप्य भिडियो टेप सार्वजानिक भएपछि व्यक्तिगत रुपमा समेत माआवादी अध्यक्ष प्रचण्डलाई परेको अप्ठ्यारोको अनेक जवाफ दिने कोसिस भइरहेको छ।
तर, यसमा बोल्नुपर्ने केही पक्षहरू भने चुपचाप देखिएका छन्। प्रचण्डको टेप कसले र कहिले फेला पार्योक? यस बारे एउटा रोचक विवरण फेला परेको छ।
डेढ वर्षअघिको भाषण समेटिएको यो टेप अहिले चर्चामा आएजस्तो नेपाली सेनाको ठूलो घुसपैठका कारण सर्वप्रथम सेनाले हात पारेको भने होइन। यो टेप एउटा कूटनीतिक निकायको हातमा सबैभन्दा पहिले आइलागेको थियो। नेपालको आन्तरिक राजनीतिमा खासै ठूलो चासो नदेखाउने, तर आर्थिक सहयोगका क्षेत्रमा साथ दिइरहेको सो निकायले संविधानसभाको निर्वाचन हुनुअघि नै यो टेप पाएको थियो। विश्वस्त स्रोतका अनुसार, नेपालसँग सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायती दूतावासमा आइपुगेको यो टेप जनताका सामु प्रकट हुन भने धेरै ढिलो गर्योत।
स्रोतका अनुसार, आफूले पाएर अति गोप्य रुपमा दूतावासले यो टेपलाई लुकाएको पनि थिएन। टेप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उतिबेलै हेर्नुभएको थियो भने तत्कालीन अनमिन प्रमुख इयान मार्टिन पनि यस बारे अनविज्ञ थिएनन्। अरु दलका नेताहरूलाई यस बारे जानकारी दिइयो कि दिइएन भन्ने कुरा खुल्न नसके पनि तत्कालीन प्रम कोइरालाले आफ्नो प्रधानमन्त्रीत्व कालमा यसलाई सार्वजानिक गर्न चाहनुभएन। उहाँले शान्तिप्रक्रिया भड्किन सक्ने गम्भीर खतरा त्यतिबेला देख्नुभएको थियो। अनमिन प्रमाणीकरणको प्रक्रिया पूरा गर्दै मात्र थियो त्यतिबेला। यदि यो प्रकरणलाई गम्भीरतापूर्वक त्यही बेला ल्याइएको भए प्रमाणीकरणलाई राजनीतिक सहमतिका आधारमा सच्याउन केहीले पनि छेक्ने थिएन।
.....Source from NEPALIPATRA.................